जय ट्रफी मेन्स एलिट कपको दायरा बढाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी मेन्स एलिट कपको दायरा बढाएको छ । अबदेखि प्रतियोगितामा ६ टिमको सहभागिता रहने क्यानले जनाएको छ ।

यसअघि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट ४ टिमले मात्र जय ट्रफीमा खेल्ने व्यवस्था थियो । अब शीर्ष ६ टिमले खेल्ने मौका पाउने छन् ।

यसै महिना सम्पन्न जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । प्रतियोगिताको दायरा बढाइनुपर्ने मागहरू समेत उठ्दै आएका थिए । यसअघि क्यानका सचिव पारस खड्काले पनि प्रतियोगिताको दायरा विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *