पीएम कपमा गण्डकी र आर्मी विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १५

काठमाण्डौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

तल्लो मूलपानी मैदानमा भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई ४७ रनले हरायो ।

वर्षाका कारण २१ ओभरमा घटाइएको खेलमा यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ७ विकेट गुमाएर १५० रन बनायो । प्रतियोगितामा एपीएफको यो दोस्रो हार हो भने गण्डकीको यो पहिलो जीत हो ।

यस्तै मूलपानी मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ३ विकेटले हरायो । बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्लले ५८ बलमा नटआउट ९० रन, तृतराज दासले ५४ रन बनाए । बागमतीका ईशान पाण्डे र विवेक मगरले २/२ विकेट लिए । प्रतियोगितामा आर्मीको यो तेस्रो जीत हो भने बागमतीको तेस्रो हार हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *