|
चैत्र ९, २०८२
काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।
वीरगन्जस्थित नारायणी रंगशालामा आज कर्णाली प्रदेशविरुद्ध पहिलो खेल खेल्दै सुदूरपश्चिमले चार विकेटको सहज जित निकालेको हो ।
सुदूरपश्चिको जितमा तीव्र गतिका बलर हेमन्त धामी नायक सावित भए । धामी एक्लैले ६ विकेट लिँदै सुदूरपश्चिमको जितलाई सहज बनाए । धामिको घातक बलिङसामू ११९ रनमा समेटिएको कर्णालीविरुद्ध चार विकेटको जित हात पार्दै सुदूरपश्चिमले दुई अंक बटुल्न सफल भयो । यसअघि शनिबार लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रोकिएपछि कर्णालीले १–१ अंक बाँडेको थियो ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्