काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशसामु २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७१ रन बनाएको हो ।
एपीएफका निम्ति ओपनर आसिफले ११४ को रनको शतकीय इनिङ खेले । १०५ बल खेलेका उनले १४ चौका र तीन छक्का प्रहार गरे । आसिफले तेस्रो विकेटका निम्ति सन्दीप जोरासँग १०३ रनको शतकीय इनिङ खेले ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले ५२ रन बनाए । सन्दीपले ५३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । युवराज खत्रीले २६, लोकेश बमले २९ र सुमित महर्जनले १८ रन जोडे ।
वाग्मतीका रिजन ढकालले चार विकेट लिए । इशान पाण्डेले दुई विकेट लिए । सोनु देवकोटा र सन्दीप लामिछानेले समान एक विकेट लिए । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् ।
नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा शुक्रबार ९चैत ७० देखि सुरु प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ गरी तीन विभागीय र सात प्रदेशका एक(एकसहित कुल १० टोलीको सहभागिता छ ।
प्रतियोगितामा लिग चरणपछि उपाधिका निम्ति दुई शीर्ष टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्