काठमाण्डौँ । सन्दीप लामिछानेको कप्तानीमा शनिबारबाट सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बुधबार बागमती प्रदेश क्रिकेट संघले सन्दीपको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा इशान पाण्डे उपकप्तान रहँदा बागमती प्रदेश छनोटका प्रतियोगिताका उत्कृष्ट खेलाडी बनेका विवेक राना मगर पनि रहेका छन् । कप्तान घोषित लामिछानेले भने मंगलबार मात्र सकिएको बागमती प्रदेश छनोट भने खेलेका थिएनन् । आइतबार विभागीय टोली नेपाल एपिएफ क्लबसँग खेल्दै बागमीको प्रतियोगिता सुरु हुनेछ ।
यता, प्रतियोगितामा ३ विभागीय( नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश(कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम)का गरि जम्मा १० टोलीको सहभागीता रहनेछ । २८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको टियु क्रिकेट रंगशाला र मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
यसैगरि बागमतीको टोलीमा सन्दीप लामिछाने(कप्तान), इशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापा मगर, पवन थापा, दयानन्द मण्डल, प्रतिस जिशी, सुवास खत्री, विवेक राना मगर, रिजन ढकाल, शुभ कसांकार, सुभम तिवारी, रिन्जिग लामा, सचिन लेखक, सोनु देवकोटा रहेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्