|
२०८२ चैत्र १
काठमाडौं । जापानले आइतबार फिलिपिन्सलाई ७–० ले पराजित गर्दै महिला एसियन कपको सेमिफाइनलमा स्थान बनाएको छ । योसँगै आगामी वर्ष ब्राजिलमा हुने महिला विश्वकपका लागि पनि छनोट भएको छ।
यस जितसँगै जापानले २०२६ च्याम्पियनसिपमा हालसम्म २४ गोल गरेको छ । यद्यपि, एक गोल पनि खाएको छैन ।
अब जापानले फाइनलमा पुग्न बुधबार दक्षिण कोरियासँग खेल्नेछ । दक्षिण कोरिया सन् २०२२ को उपविजेता टोली हो ।
चार वर्षअघि जापान सेमिफाइनलमा पेनाल्टी सुटआउटमा चीनसँग पराजित भएको थियो । यसले जापानको उपाधि रक्षा अभियान त्यतिबेला अन्त्य गरेको थियो । अस्ट्रेलियामा भइरहेको यस प्रतियोगिताका चार सेमिफाइनलिस्ट टोली स्वतः सन् २०२७ को महिला विश्वकपका लागि छनोट हुन्छन् ।
क्वार्टरफाइनलमा पराजित भएका टोलीहरू भने ब्राजिलमा हुने विश्वकपका लागि थप दुई स्थानका लागि प्लेअफ खेल्नेछन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्