लेगस्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २९

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।

सन्दीपले इङ्लयान्डमा हुने उक्त प्रतियोगिताका लागि विदेशी खेलाडी क्याटेगोरीमा ३१ हजार पाउन्ड मूल्यमा नाम दर्ता गराएका थिए । तर, सर्ट लिस्टमा परेका उनको नाम अक्सनमै आएन ।

सन्दीपले यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा अनुबन्ध भएका थिए । १ लाख पाउन्डमा अनुबन्ध भएका उनले प्रतियोगिताका कुनै पनि खेल भने खेल्न पाएनन् ।

विश्वका प्राय चर्चित लिग खेलेर नेपालका ‘ग्लोबल आइकोन’को छबी बनाएका उनले भर्खरै सम्पन्न टी–२० विश्वकपमा एक विकेट लिँदै निराशाजनक प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *