राष्ट्रिय लिगमा अब्दुलको ह्याट्रिक, लालिगुराँस शीर्ष स्थानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाडौं । अब्दुस युसुफ हाउलेको ह्याट्रिक मदतमा कास्कीको लालिगुराँस एसोसिएसन राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।

सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गर्दै लालिगुराँस एसोसिएसन शीर्ष स्थानमा उक्लेको हो ।

सात खेलसम्म अपराजित लालिगुराँसले ५ जित र २ बराबरीबाट १७ अंक जोडेको छ । समान खेल खेलेको काँक्रेविहार अझै जितविहिन छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको खेलमा लालिगुराँसको लागि विदेशी खेलाडी अब्दुस युसुफ हाउलेले ह्याट्रिक गरे । यस्तै मुकुन्द निउरेले एक गोल गरे ।

कांक्रेविहारका लागि सोनाम आचार्यले एक गोल फर्काए । राष्ट्रिय लिगमा ह्याटिक गर्ने अब्दुल तेस्रो खेलाडी हुन् । यसअघि चर्च ब्वाईज युनाईटेडका मिलन राई, प्लानिङ ब्वाईज युनाईटेडका पापा इबोउ केबेलेह्याट्रिक गरेका थिए ।

लालिगुराँसले दुवै हाफमा दुई-दुई गोल गरेको थियो ।

आजै श्री भगवती क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो २ बजे तथा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ एफसीबीच साँझ ६ बजे खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *