|
२०८२ फाल्गुन १२
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार गर्न हात पठाएपछि विरोध प्रदर्शन भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार राष्ट्रिय टोलीमा डिफेन्सिभ मिडफिल्डर रोहित चन्दसहित पूर्वखेलाडी विक्रम लामा, विराज महर्जनलगायतले पम्पलेट बोकेर विरोध प्रदर्शन गरेका हुन् । खेलाडीहरूले मैदानको सामान्य पारापिटमा बसेर विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शन गरिरहँदा मैदानभित्र भने राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड भिडिरहेका थिए । उनीहरूले खेल खेल्ने खेलाडी नरहे तिमी कसरी रहन्छौं एन्फा ?, एन्फा झूटको खेती कहिलेसम्म?, लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर, सावित्रा भण्डारी नेपाली नै हुनलगायतका नारा बोकेका पम्पलेट देखाएर विरोध गरेका थिए ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्