हिजोदेखि सुरु भएको जय ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन भीम सार्कीले शतक बनाएका छन् । टस हारेर पहिले ब्याटिङमा उत्रिएको पुलिसले ५३.३ ओभरमा १८७–८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो ।
उसका लागि राशिद खानले सर्वाधिक ३८ रन बनाए । यस्तै, कप्तान आरिफ शेख ३६ रनमा अविजित रहँदा ओपनर कुशल भुर्तेलले ३० रन जोडे । दिलसाद अलीले २७ रन जोडे भने ललित राजवंशी १८ रनमा नटआउट रहे । बलिङतर्फ आर्मीका लागि पवन कार्कीले ४ विकेट तथा आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले १–१ विकेट लिए ।
त्यसपछि आर्मीले दोस्रो इनिङमा ९ विकेट गुमाएर २३४ रन जोड्दै ४७ रनको अग्रताका साथ पारी घोषणा गरेको थियो । आर्मीका भीम सार्की ११३ बलमा १०५ रन बनाएर अविजित रहे । यस्तै, पवन कार्कीले ३७ रन जोड्दा नरेन साउदले ३१ रन बनाए । पुलिसका सागर ढकालले ६ विकेट हात पारे । ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए । ४७ रनले पछि रहेर दोस्रो इनिङ थालेको पुलिसले पहिलो दिनको समाप्तिमा १ विकेट गुमाउँदै २३ रन बनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Dallas2677
February 21, 2026Turn your network into income—apply to our affiliate program!