|
२०८२ फाल्गुन ८
काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि दुईदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी सुरू गरेको छ। पहिलो दिन कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ।
मुलपानीमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा छ।
क्यानले १९ सम्म कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा जय ट्रफीमा गत वर्ष सम्पन्न भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्न सफल कुल ४ वटा टिमले प्रतिस्पर्धा गरिरहेका हुन् ।
ट्रफीमा खेलको हार जितले मात्र होइन विकेट र रनले पनि अंक पाउने प्रावधान छ भने बोनस अंकको पनि व्यवस्था छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्