काठमाण्डौँ । टी–२० विश्वकपमा बिहीबार अफगानिस्तान र क्यानडा भिड्दैछन् ।
खेल नेपाली समय अनुसार साँझ ७ : १५ बजे चेन्नईको एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ । दुवै टोली सुपर आठको दौडबाट बाहिरिएका छन्। यो प्रतियोगिताको उनीहरूको अन्तिम खेल हुनेछ।
अफगानिस्तानले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ५ विकेटले पराजय भोगेको थियो भने त्यसपछि दक्षिण अफ्रिकासँग दोहोरो सुपर ओभरमा साँघुरो हार बेहोरेको थियो । अन्ततः युएईलाई ५ विकेटले पराजित गर्दै सिजनको आफ्नो पहिलो जित दर्ता गरेको थियो ।
अर्कोतर्फ, दक्षिण अफ्रिका, युएई र न्युजिल्यान्डविरुद्धका तीनै खेल हारेको युएई अझै पनि आफ्नो पहिलो जितको खोजीमा छ । अफगानिस्तान र क्यानडाले टी–२० मा दुई पटक आमनेसामने भएका छन् । अफगानिस्तानले उक्त दुवै खेल जितेको छ ।
टी–२० विश्वकपको इतिहास हेर्ने हो भने क्यानडाले ६ खेल खेलेको छ, जसमध्ये एउटा मात्र जितेको छ भने पाँच खेलमा हार बेहोरेको छ ।
अफगानिस्तानले टी–२० विश्वकपमा ३३ खेल खेलेको छ, जसमध्ये १३ पटक जितेको छ भने २० पटक हारेको छ ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्