नेपाली क्रिकेट सही दिशामा रहेको भारतका पूर्व क्रिकेटर इरफान पठानको प्रतिक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाण्डौँ । भारतका पूर्व क्रिकेटर इरफान पठानले नेपालले टी-२० विश्वकपमा हासिल गरेको पहिलो जितलाई ऐतिहासिक उपलब्धि भन्दै खुलेर प्रशंसा गरेका छन् । स्कटल्यान्डविरुद्धको रोमाञ्चक जितपछि भिडिओ प्रतिक्रिया दिँदै पठानले भने, ‘नेपाल क्रिकेट सही दिशामा अघि बढिरहेको बताएका हुन् ।’

१२ वर्षपछि विश्वकप क्रिकेटको खेल जित्न नेपालले गरेको संघर्षको पनि उनले प्रशंसा गरेका छन् ।

नेपालको लागि स्कटल्यान्डविरुद्धको जित पनि सहज नभएको पनि उनले बताए । ‘स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै १७० रन बनाएको थिए । ९८ रनमा कप्तान आउट भएपछि खेल पेचिलो बनेको र केही ओभर नेपालले रन गति बढाउन नसक्दा स्कटल्यान्ड पुनः खेलमा फर्किएको थियो,’ उनले बताए ।

उनले दीपेन्द्रसिंह ऐरीले खेलमा पारेको प्रभावको पनि प्रशंसा गरे ।

भिडिओमा उनले ऐरीलाई आफ्नो मनपर्ने ब्याट्सम्यान रहेकोको पनि बताए । ऐरीको ब्याटिङ शैलीबारे बोल्दै उनले भने, दीपेन्द्र सिंह ऐरीको ब्याटिङ हेर्न मलाई एकदम्मै मज्जा लाग्छ । जसरी ब्याटिङ ओपन गरेर बस्छन् । अफ साइड र स्क्वायर क्षेत्रमा दीपेन्द्रको उत्कृष्ट प्रहार क्षमताकोसमेत प्रशंसा गरे । ऐरीको शक्ति र निरन्तर आक्रामक खेललाई विशेष रूपमा उल्लेख गर्दै करिअरमा दुई पटक लगातार ६ बलमा ६ छक्का प्रहार गरेको उपलब्धि पनि स्मरण गराए ।

बलिङतर्फ सोमपाल कामीले तीन तथा गुल्शन झाले दुई विकेट लिँदा स्कटल्यान्डलाई ठूलो स्कोर बनाउन नदिएको उनले बताए । यद्यपि अन्तिम समयमा ऐरीको निर्णायक इनिङ नै जितको मुख्य आधार भएको उनको भनाइ थियो ।

समग्रमा नेपाल क्रिकेटको प्रगति देखेर आफू अत्यन्त खुसी भएको बताउँदै पठानले फिटनेस, स्ट्राइक रोटेसन तथा तीव्र गतिका बलर विकासमा अझ ध्यान दिन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *