जिम्बाब्वेले अस्ट्रेलियालाई १७० रनको लक्ष्य दियो

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन १, २०८२

काठमाण्डौँ । आइसीसी टी २० विश्वकप क्रिकेटमा जिम्बाब्वेले अष्ट्रेलियालाई १७० रनको लक्ष्य दिएको छ ।

कोलम्बोको आर प्रेमादासा स्टेडियममा अस्ट्रेलियाविरुद्धको खेलमा जिम्बाब्वेले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १६९ रन जोडेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेका लागि प्रारम्भिक ब्याटर ब्रायन बेनेटले नटआउट रहँदै सर्वाधिक ६४ रनको योगदान दिए ।

उनले ५६ बलको सामना गर्दै ९ वटा चौका प्रहार गरेर टोलीको इनिङ्सलाई अन्त्यसम्म सम्हालेका थिए ।

जिम्बाब्वेलाई राम्रो सुरुवात दिलाउने क्रममा तादिवानासे मारुमानीले ३५ रन जोडे भने रायन बर्लले पनि ३५ रनकै योगदान दिएर टोलीको स्कोरलाई बलियो बनाए ।

अन्तिम ओभरहरूमा कप्तान सिकन्दर राजाले विष्फोटक ब्याटिङ गर्दै मात्र १३ बलमा २५ रन जोडेपछि अस्ट्रेलियाले चुनौतीपूर्ण लक्ष्य प्राप्त गरेको हो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोनिस र क्यामरुन ग्रीनले १–१ विकेट लिए पनि अन्य बलरहरू विकेटविहीन रहे ।

अब अस्ट्रेलियाले जितका लागि १७० रनको लक्ष्य पछ्याउँदै केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *