तुरानसँग सोझो सेटमा पराजित हुँदै नेपाल पुलिस क्लब फाइनलबाट बाहिर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २७

काठमाण्डौँ । नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगको फाइनलमा पुग्न असफल भएको छ ।

माल्दिभ्सको मालेस्थित सोसल सेन्टस इन्डोर हलमा सोमबार भएको सेमिफाइनल खेलमा पुलिस क्लब कजाकिस्तानको तुरान भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भयो ।

खेलको सुरुआतदेखि नै दबाबमा परेको पुलिसले पहिलो सेट २५–१४ ले गुमायो। दोस्रो सेटमा पनि कमजोर प्रदर्शन दोहोरिँदा २५–१३ ले सेट सुम्पिएपछि पुलिस २–० ले पछि पर्यो ।

अन्तिम सेटमा समेत पुलिसले लय समात्न सकेन । २५–११ ले सेट गुमाउँदै पुलिस क्लब प्रतियोगिताको उपाधि दौडबाट बाहिरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *