काभा महिला भलिबल लिग हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

माल्दिभ्सको मालेस्थित शोसल सेन्टस इन्डोर हलमा आइतबार भएको खेलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई कुनै मौका नदिई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

यो जितसँगै पुलिस क्लब अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरान भलिबल क्लबसँग भिड्नेछ । प्रतिस्पर्धात्मक मानिएको यो खेल सोमबार हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *