|
२०८२ माघ २५
काठमाण्डौँ । ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकसँगै इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपमा नेपालले १८५ को विशाल लक्ष्य दिएको छ।
वानखेडे मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
इङ्ल्यान्डका बेथेल र कप्तान ब्रुकले उत्कृष्ट इनिङ्स खेले । बेथेलले ३५ बलमा ५५ रन बनाउँदा ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान ब्रुकले ३२ बलमा ५३ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्याए ।
जोस् बटलरले पनि १७ बलमा २६ रनको योगदान दिए। अन्त्यतिर विल ज्याक्स १८ बलमा ३९ रन बनाउँदै अविजित रहे ।
नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट हात पारे। शेर मल्लले पनि १ विकेट लिए ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्