मुम्बईमा टी–२० विश्वकप चल्दै, काठमाडौंमा दर्शकको क्रेज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २५

काठमाण्डौँ । आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ । भारतको मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले पहिलो खेल खेलिरहेको छ ।

केहीबेर अघिदेखि जारी खेलमा नेपालले आज इंग्ल्यान्डविरुद्ध टस हारेर बलिङ गरिरहेको छ ।

पहिलो खेल हेर्ने नेपाली समर्थकहरू उत्साहित देखिन्छ । वाङ्खडे स्टेडियममा उल्लेख्य मात्रामा नेपाली समर्थकहरू पुगेका छन् ।

यता नेपालमा पनि समर्थकहरू उत्साहित भएर खेल हेरिरहेका छन् । काठमाडौंका विभिन्न ठाउँमा महाजगरले क्रिकेट हेर्ने वातावरण मिलाएको छ ।

टुँडिखेल, तीनकुने चौर, नन्दीकेशर बगैँचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली लगायतका क्षेत्रमा निःशुल्क क्रिकेट हेर्ने वातावारण मिलाइएको छ ।

जहाँ समर्थकहरूको लोभलाग्दो उपस्थिति देखिन्छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एशोसिएट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *