पूर्व प्रशिक्षक मोन्टी देसाई म पनि नेपालको समर्थक हुँ, रंगशालामा गएर खेल हेर्छु

DaksuMedia दाक्सु मिडिया
|
माघ २५, २०८२

काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईले आईसीसी पुरुष टी– २० विश्वकपमा नेपाललाई समर्थन गरेको बताएका छन् । भारतीय प्रशिक्षकसमेत रहेका देसाईले आज सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै जारी विश्वकपमा आफू नेपाली टोलीको समर्थक रहेको बताएका हुन् । उनले नेपालको जर्सीसमेत लगाएका छन् ।

‘आज म नेपालको समार्थकका रूपमा रंगशाला गएर खेल हेर्दै छु । मैले करिब दुई वर्ष नेपाली टोलीसँग काम गरेँ । यो क्षण निकै यादगार थियो । सकारात्मक सोच, दृष्टि, व्यावहार, आचरण र समर्पण नै हाम्रो हतियार हो । मैदानमा राम्रो प्रदर्शन हुनेछ भन्ने मेरो विश्वास छ । नेपाललाई शुभकामना,’ देसाईले भने ।

नेपालले विश्वकपको पहिलो खेलमा आज इङ्ल्यान्डको सामना गर्दै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *