|
२०८२ माघ २३
काठमाण्डौँ । नेपाल पुलिस क्लबले काभा महिला लिगमा शुक्रबार आफ्नो दोस्रो खेलमा इरानी क्लब फौलादसँग खेल्दैछ ।
माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका हुन् । यी दुईबीचको खेल शुक्रबार राति ९ ः १५ बजेबाट सुरु हुनेछ ।
समूह ‘बी’ को पहिल खेलमा नेपाल पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गरेको थियो ।
उता इरानी क्लब फौलाद पनि आफ्नो दोस्रो जित हात पार्ने लक्ष्यसहित खेलमा उत्रँदैछ ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्