आशिफको अर्धशतकमा नेपालको सहज जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २२

काठमाण्डौँ । आशिफ शेखको अर्धशतकसँगै नेपालले आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडामाथि सहज जित हात पारेको छ ।

बिहीबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । वार्मअप खेलमा यो नेपालको लगातार दोस्रो जित हो । यसअघि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो । आशिफले सर्वाधिक ५८ रन बनाए । २९ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
सन्दीप जोरा ४४ र ओपनर कुलश भुर्तेल १२ रनमा आउट हुँदा गुलसनकुमार झाले अविजित ३१ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । नेपालका कुुशल भुर्तेल र सन्दीप लामिछानेले समान २÷२ विकेट लिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *