काठमाण्डौँ । न्यु डायमण्डकी सलिना श्रेष्ठ, सुमित्रा रेग्मीसँगै मिना सुनारले विभागीय टोली पुलिस क्लबबाट काभा महिला लिग खेल्ने भएका छन् । सात राष्ट्रका शीर्ष क्लबले सहभागिता जनाउने लिग बुधबारबाट सुरु हुनेछ ।
प्रतियोगितामा नेपालबाट पुलिस क्लबले खेल्न लागेको हो । पुलिसले यसपल्ट न्यु डायमन्ड युथ स्पोट्र्स क्लबबाट लिबेरो सलिनासहित ब्लकर सुमित्रा रेग्मीलाई भित्र्याएको हो । यो दुईले यस वर्ष न्यु डायमन्डलाई नवौं एनभीए कप, शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता र गत शनिबार टाइगर कपको उपाधि दिलाएका थिए ।
एभरेस्ट भलिबल क्लबकी ब्लकर मिनाले भने टाइगर कपमा पुलिसबाट नै खेलेकी थिइन् । यसअघि उनले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने एपीएफ क्लबबाट खेलेकी थिइन् । पुलिसले बिहीबार उज्बेकिस्तानको हुमो भलिबल क्लब क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Nova2442
February 3, 2026Share our products, earn up to 40% per sale—apply today!