महिला टी–२० ग्लोबल छनोटमा नेपालको सुरुवात निराशाजनक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको पहिलो खेलमै घरेलु टोली नेपालले हार बेहोरेको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र जोड्न सक्यो। नेपाली इनिङ्समा ओपनर बिन्दु रावलले संघर्षपूर्ण ४४ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याउने प्रयास गरिन्। तर अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाल दबाबमा पर्‍यो। थाइल्यान्डका लागि थिपात्चा पुथावङवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्।

१२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। थाइल्यान्डकी नथाकन चन्थमले अविजित ५७ रन बनाउँदै टोलीको जित सुनिश्चित गरिन्। नेपालतर्फबाट सीता रानामगरले २ विकेट लिए पनि त्यसले हार टार्न सकेन।

यस हारसँगै प्रतियोगितामा नेपालको सुरुवात कमजोर बनेको छ भने आगामी खेलहरूमा सुधारिएको प्रदर्शन गर्नुपर्ने दबाब थपिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *