साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपालसँग श्रीलङ्का पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाण्डौँ । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले विजयी शुरुआत गरेको छ ।

थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई २–१ गोलले हरायो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ ।

यस्तै महिलातर्फ नेपालले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *