|
२०८२ माघ १
काठमाण्डौँ । अफगानिस्तानका खेलाडीहरूले वर्षमा तीन वटा मात्र टी–२० क्रिकेट लिग खेल्न पाउने भएका छन् ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) को नयाँ नीतिअनुसार अब खेलाडीहरूले पाँच टोलीको फ्रेन्चाइजीमा आधारित टी–२० लिग खेल्नुका साथै तीन वटा अन्तर्राष्ट्रिय लिगमा मात्र भाग लिने पाउनेछन् । नयाँ टी–२० लिग आउँदो अक्टोबरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुनेछ ।
काबुलमा आयोजित बोर्डको वार्षिक साधारणसभाले यो निर्णय गरेको हो । खेलाडीहरूको कार्यभार सन्तुलन गर्न र राष्ट्रिय टोलीको जिम्मेवारीका लागि उनीहरूको उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरेको क्रिकेट बोर्डले जनाएको छ ।
यसको अर्थ रशिद खानजस्ता लोकप्रिय टी–२० खेलाडीले आर्थिक नोक्सानी बेहोर्न सक्छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्