|
माघ १, २०८२
काठमाण्डौँ । एन्फा राष्ट्रिय लिग अन्तर्गत दोस्रो दिन भएको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लब गोलरहित बराबरी खेलेका छन् ।
बिहीबार एन्फा कप्लेक्समा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसलाई सदुपयोग गर्ने नसकेपछि खेल बरारीमा रोकिएको हो ।
आजै हुने दोस्रो खेलमा लालिगुँरास एसोसिएसन र जावलाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फा राष्ट्रिय लिग बुधबारबाट सुरु भएको हो, जारी प्रतियोगितामा कूल १७ टोलीले प्रतिस्पर्धा गरेका छन् ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्