काठमाण्डौँ । साफ फुटबल च्याम्पियनसिपको इतिहास हेर्दा नेपालका लागि यो प्रतियोगिता सधैं उपाधिनजिक पुगेर चुक्ने कथाको प्रतीक बनेको छ।
३३ वर्ष लामो यात्रामा पुरुषतर्फ १४ र महिलातर्फ ७ संस्करण खेलिँदा नेपालले अवसरको ढोका धेरैपटक ढक्ढक्याइसकेको छ । तर, उपाधिको ढोका भने अझै खोल्न सकेको छैन । तथ्यांक आफैंले भन्छ-नेपाल साफमा कमजोर टोली पक्कै होइन, तर निर्णायक क्षणमा अभागी बन्ने गरेको छ ।
महिलातर्फ नेपालको यात्रा झन् भावनात्मक छ । पहिलो सहभागितादेखि नै फाइनलको नियमित पाहुना बनेको नेपालले सन् २०१६ को चौथो संस्करणबाहेक सबैमा उपाधिका लागि खेलेको छ ।
तर, सुरुका पाँच संस्करणमा भारत र त्यसपछि बंगलादेश नेपालको सपनामा बाधक बनेका छन् । उत्कृष्ट खेल, अपराजित यात्रा र घरेलु समर्थकको साथ हुँदाहुँदै पनि उपाधि उठाउने क्षण भने सधैं एक कदम पर नै रहने गरेको छ ।
पुरुषतर्फ भने इतिहास केही फरक छ । लामो प्रतीक्षापछि सन् २०२१ मा पहिलोपल्ट फाइनल पुगेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित रह्यो। त्यो हार खेलको नतिजा थिएन, नेपाली फुटबलको अधुरो सपना झल्काउने दृश्य रह्यो ।
तर, यो पटक कथा फेरिन सक्छ। वर्षौंको पीडा, हार र प्रतीक्षालाई शक्तिमा रूपान्तरण गर्दै नेपालका महिला र पुरुष टोली एकै प्रतियोगिता साफ फुटबल च्याम्पियनसिपमा उत्रिन लागेका छन् ।
‘यो प्रतियोगिता चुनौतीपूर्ण छ। तर, यो एक अवसर पनि हो । पहिलोपल्ट आयोजना हुन लागेले यही प्रतियोगिताबाट भविष्य कोरिने छ ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्