बिपिएलमा सानदार कमब्याकको पर्खाइमा सन्दीप लामिछाने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

काठमाण्डौँ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेआबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बिपिएल) मा आज छैटौँ म्याच खेल्दैछ । वारियर्सले छैटौँ खेलमा चट्टोग्राम रोयल्सको सामना गर्न लागेको हो ।

जारी सिजनमा सन्दीपम्मिलित वारियर्स पाँचौं जितको खोजीमा छ । उसले पाँच म्याच खेल्दासम्म चारमा जित र एक खेलमा मात्र हार बेहोरेको छ ।

८ अंक जोडिसकेको वारियर्स अहिले अंक तालिकामा चौथो स्थानमा छ । ऊ नेट रन रेट थोरै कमजोर भएका कारण मात्र चौथो स्थानमा रहेको हो ।

वारियर्स शुक्रबार पनि सहज जित निकालेर अंक तालिकाको पहिलो नम्बरमा उक्लिने योजनामा छ । र, ऊ प्लेअफ सम्भावना बलियो बनाउने दाउमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *