पिएसजीले पेनाल्टीमा फ्रेन्च सुपर कप जित्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मार्सेईलाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रेन्च सुपर कपको उपाधि जितेको छ। निर्धारित समय २–२ को बराबरीमा सकिएपछि पिएसजी ४–१ ले पेनाल्टीमा विजयी भयो।

इन्जुरी टाइममा गोन्सालो रामोसले बराबरी गोल गरेपछि खेल पेनाल्टीमा पुगेको थियो। पिएसजीका गोलकिपर लुकास चेभालिएरले दुई पेनाल्टी बचाउँदै टोलीलाई जित दिलाए।

यो पिएसजीको लगातार चौथो र कीर्तिमानी १४औँ फ्रेन्च सुपर कप उपाधि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *