गम्भीर चोटका कारण साम्बाले सिजनका सबै खेल गुमाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २३

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई गम्भीर चोट लागेको छ ।

अस्ट्रेलियाको निन्जा ए लिग खेलिरहेकी साम्बा घुँडाको गम्भीर चोटका कारण यो सिजनका बाँकी खेलहरू खेल्न नसक्ने भएकी छिन् ।

लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्समा साम्बा आबद्ध छिन् । यसै सिजन आबद्ध भएकी उनले तीन गोल गरेकी छन् ।

गत शनिबार ब्रिस्बेन रोअर विरुद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग साम्बा ठोकिएकी थिइन् ।

एमआरआई रिपोर्ट अनुसार उनको दाहिने घुँडाको ुएसीएल पूर्ण रूपमा च्यातिएको छ ।

यो चोट निकै गम्भीर मानिन्छ। चोट निको हुन र पुनः मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।

यसको अर्थ उनले यो वर्षको लिगका सबै खेलहरू गुमाउनेछिन् । वेलिङटन फोनिक्स क्लबका लागि यो सिजनको तेस्रो ठूलो झट्का हो, किनभने यसअघि नै उनका अन्य दुई खेलाडी पनि यस्तै चोटका कारण बाहिरिसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *