|
पुस २२, २०८२
काठमाण्डौँ । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले घरेलु टिम नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले हराएर त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
सदरमुकाम बेँसीसहरस्थित त्रिवेणी रङ्गशालामा सोमबार सम्पन्न त्रिवेणी कपको ३३ औँ संस्करणको फाइनल जितेपछि एपीएफले ट्रफीसहित १२ लाख रुपियाँ हात पारेको छ ।
लाङ्दीदेवीले छ लाख रुपियाँमा चित्त बुझायो । गत संस्करणमा एपीएफले विवाइसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो । यो सँगै एपीएफको लगातार दोस्रो जित हो ।
उपाधि जितेपछि करिब सात वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको पूर्वक्लबमा पुनरागमन पनि विशेष बनेको छ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्