काठमाण्डौँ । रियल मड्रिडका फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेलाई बाँया घुँडामा चोट लागेको पुष्टि भएको छ।
स्पेनिस क्लबले एमबाप्पेलाई ‘स्प्रेन’ भएको पुष्टि गरेको हो । तर, रिकभरीको लागि कति समय लाग्ने हो भन्नेबारे भने खुलाइएको छैन।
फ्रेञ्च सञ्चारमाध्यमलले भने एमबाप्पे कम्तीमा तीन हप्तासम्म मैदानमा नहुने जानकारी दिएका छन् । स्ट्राइकर एमबाप्पेलाई विगत केही हप्तादेखि आफ्नो घुँडाको लैटरल लिगामेन्टमा समस्या भइरहेको थियो। बुधबार बिहान गरिएको एआआरआई स्क्यानले चोट देखाएको हो ।
एमबाप्पे हालसम्म उत्कृष्ट फार्ममा रहेका छन्। यसै महिनाको सुरुमै उनले रियलका लागि आफ्नो २०२५ को ५९औं गोल गरेका थिए । योसँगै क्रिस्टियानो रोनाल्डोको क्लबको एक वर्षभित्रको गोल रेकर्डसँग बराबरी गरेका थिए ।
पूर्व पेरिस सेन्ट–जर्मेन खेलाडी एमबाप्पे सन् २०२४ को समरमा मड्रिड आएका थिए। यस सिजन उनले २९ गोल गरिसकेका छन्। लिगमा मात्र उनले सर्वाधिक १८ गोल गरेका छन् ।
रियलको अर्को खेल आइतबार ला लिगामा रियल बेटिसविरुद्ध छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्