काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चुनावी साधारणसभा यसै वर्षको माघ अन्तिम साता हुने भएको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठकले माघ २८ गते नियमित साधारणसभा गर्ने र विधानअनुसार उक्त साधारणसभामा अग्रिम निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले नियमित साधारणसभा र अग्रिम निर्वाचन झापामा गर्ने जनाएको छ ।
यसअघि एन्फाको पछिल्लो चुनावी साधारणसभा २०७९ असार ६ गते बुढानिलकण्ठमा भएको थियो । जसबाट चार वर्षको कार्यकालका निम्ति पंकजविक्रम नेम्वाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नेम्वाङ नेतृत्वको कार्यसमितिको कार्यकाल आगामी वर्षको असार ६ गते नै समाप्त हुनेछ । तर, असारमा फिफा विश्वकप हुने भएकाले एन्फा अग्रिम निर्वाचनमा अघि बढेको हो ।
बुधबारको बैठकले कुल दुई निर्णय गरेको छ । बैठकले अग्रिम निर्वाचनसँगै आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षण गर्न सुबोध एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्