काठमाण्डौँ । विभागीय टोली नेपाल पुलिस क्लब एनभीए च्याम्पियनसिपको महिलातर्फ समूह ‘बी’को विजेता बनेको छ । मधेश प्रदेश खेलकुद परिषद्विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै विजेता बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न एकतर्फी खेल पुलिसले २५–३, २५–८, २५–९ ले आफ्नो पक्षमा पारेको छ । लगातार तेस्रो जितसँगै पुलिसले तीन खेलबाट आठ अंक जोडेको हो । तीनै खेलमा पराजित मधेश अंकविहीन बन्यो ।
यसअघि पुलिसले सुदूरपश्चिम खेलकुद परिषद् र एपीएफ क्लबलाई पराजित गरेको थियो । मधेशले एपीएफ र सुदूरपश्चिमसँग हार ब्यहोरेको थियो ।
यसैगरी, महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा पुलिसले समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यस्तै, अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लब र समूह ‘बी’को उपविजेता एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्