एनभीए च्याम्पियनसिपमा खिल्जी क्वार्टरफाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १५

काठमाण्डौँ । एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ खिल्जी युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार च्याम्पियनसिपअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरथित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेपछि समूह ‘बी’ को समूह विजेता बनेको हो ।

योसँगै टोलीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । खेलमा खिल्जीले पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः २५–१५, २५–१९ र २५–२३ को नतिजा निकालेको थियो ।

अब खिल्जीले सेमिफाइनलका निम्ति समूह ‘डी’को विजेतासँग खेल्नेछ ।

जितसँगै खिल्जीले समूह चरण पनि पूरा गरेको छ । समूह चरणमा दुई खेल खेलेको खिल्जी यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *