बीपीएलमा सन्दीपको पहिलो म्याच कस्तो रह्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमाण्डौँ । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली स्टार सन्दीप लामिछानेले उत्कृष्ट सुरुवात गरेका छन् । राजशाही वारियर्सबाट खेलिरहेका उनले आजको उद्घाटन म्याचमा सिलेट टाइटन्सका दुई महत्वपूर्ण विकेट हात पारे ।

ब्याटिङ पीचमा राजशाहीले ६ जना बलर प्रयोग गर्दा सन्दीपको आँकडा अरुको तुलनामा राम्रो रह्यो । उनले ४ ओभर बलिङ गर्दा ३८ रन खर्चिएका थिए । यद्यपि, पहिलो ओभरमा एउटा क्याच छुट्दा सन्दीपलाई घाटा लाग्यो । क्याच हुनुपर्ने बल चौका गएको थियो ।

टस जितेर पहिले बलिङ रोजेको राजशाहीले सन्दीपलाई प्लेइङ ११ मा समावेश गरेको थियो । टाइटन्सले ३६ रनमा पहिलो विकेटका रुपमा पाकिस्तानी ओपनर साइम अयूबलाई गुमायो । त्यसपछि दोस्रो विकेटका लागि रोनी तालुकदार र हज्रतुल्लाह जजाइबीच बनिरहेको साझेदारी सन्दीपले तोडेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *