बीपीएलमा सन्दीपको पुनः सहभागिता, राजशाही वारियर्स आज मैदानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा पुनः देखिन लागेका छन् । दोस्रो पटक बीपीएल खेल्न लागेका सन्दीपको टोली राजशाही वारियर्सले आज आफ्नो पहिलो खेल खेल्दैछ ।

आज हुने खेलमा राजशाही वारियर्सले सिलेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । सन्दीप पहिलो खेलमै प्लेइङ–११ मा पर्ने सम्भावना छ ।

यसअघि सन्दीप सन् २०१९ मा सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए । संयोगले यसपटक उनी आफ्नो पूर्व टोलीविरुद्ध नै मैदानमा उत्रिन लागेका हुन् ।

राजशाही वारियर्सको कप्तानी बङ्गलादेशका कप्तान नजमुल हुसेनले गरिरहेका छन् भने टोलीमा जिमी निशमजस्ता अन्तर्राष्ट्रिय खेलाडी पनि छन् । सन्दीपको पुनरागमनसँगै बीपीएलमा नेपाली समर्थकको चासो बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *