काठमाण्डौँ । नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा नेपालबाट सूचीकृत हुने सबैभन्दा बढी उमेरका एकमात्र धावक बनेका छन् ।
गत मंसिर २२ गते सम्पन्न ११औँ धारा नेपालगन्ज म्याराथनमा भेटेरानतर्फ ४२.१९५ किमी दूरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि मंगलेको नाम विश्व वरियतामा लेखिएको हो ।
उनको जन्म २०१५ असार २७ गते हो । संसारका उत्कृष्ट म्याराथन रेसहरूलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वर्ल्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकहरूको सूचीकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ ।
साथै मेजर म्याराथनको नतिजा र इलाइट रनरहरूको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ । वर्ल्ड म्याराथन मेजर्सको ६५–६९ वर्ष उमेर समूहमा नेपालबाट एकमात्र धावक मंगले विश्व वरियताको २६७८ नम्बरमा रहेका छन् ।
मंगले नेपालगन्ज उपमहानगरपालिका १२ निवासी हुन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्