बुढानिलकण्ठले धिरोजको कप्तानीमा नवौं एनभीए च्याम्पियनसिप खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । बुढानिलकण्ठ भलिबल क्लबले धिरोज काजी बस्नेतको कप्तानीमा नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्ने भएको छ।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार आयोजना हुने प्रतियोगिता पुस ११ देखि २० गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा सञ्चालन हुनेछ ।

बुढानिलकण्ठ भलिबल क्लबका अध्यक्ष सव थापामगरका अनुसार बस्नेतलाई कप्तानी जिम्मेवारी दिइएको छ । कुनै विदेशी खेलाडी नरहेको टोलीमा उनीबाहेक दिलिप राई, नवीन श्रेष्ठ, शुरेष मल्ल, पारस बोहोरा, भुवन पाठक, विकाश तामाङ, पुस्कल थापा, अर्जुन माल, पुस्कर मगर र शंकर तामाङ रहेका छन् ।

टिमको मुख्य प्रशिक्षक राम खड्का रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *