नवौं एनभीए च्याम्पियनसिपमा पुलिसका दुवै टोली पहिलो खेल खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । विभागीय टोली नेपाल पुलिस क्लबका दुवै टोलीले पहिलो खेल खेल्दै नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु गर्ने भएका छन् ।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार आयोजना हुने प्रतियोगिता पुष ११ देखि २० गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा सञ्चालन हुनेछ।

पहिलो दिन पुरुषतर्फ पुलिसले ढोरपाटन क्लबको सामना गर्नेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ। त्यसअघि बिहान ९ बजे महिला टोलीलाई सुदूरपश्चिम प्रदेशले चुनौती प्रस्तुत गर्नेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोली सहभागी हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ।

च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *