|
२०८२ पुष ८
क्रिसमसअघि खेलिएको प्रिमियर लिगको अन्तिम खेलमा फुलहमले नटिङ्घम फरेस्टमाथि १–० को जित हात पारेको छ। सोमबार सम्पन्न खेलमा फुलहमका राउल जिमेनेज निर्णायक बने।
पहिलो हाफको इन्जुरी समयमा जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। बक्सभित्र डगलस लुइजले केभिनमाथि फाउल गरेपछि रेफ्रीले फुलहमलाई पेनाल्टीको अवसर दिएका थिए।
खेलमा दुवै टोलीले खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन्। फरेस्टका इगोर जेससले खेलको सुरुआतमै पाएको मौका सदुपयोग गर्न सकेनन् भने दोस्रो हाफमा मोर्गन गिब्स–ह्वाइटको प्रयास पनि गोलमा परिणत भएन।
यस जितसँगै फुलहमले २३ अंक जोड्दै तालिकाको १३औँ स्थानमा उक्लिएको छ। नटिङ्घम फरेस्ट भने १७औँ स्थानमा रहेको छ र रेलिगेसन जोनभन्दा ५ अंकले माथि छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्