काठमाडौं । युरोप र दक्षिण अमेरिकाका च्याम्पियन टोलीबीच खेलिने प्रतिष्ठित फिनालिसिमा २०२६ खेलको मिति र स्थान औपचारिक रूपमा सार्वजनिक गरिएको छ। युरोपियन फुटबल महासंघ (यूईएफए) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल)को सहकार्यमा आयोजना हुने यो खेल २०२६ मार्च २७ मा कतारको लुसेल स्टेडियममा हुनेछ।
यूरोकप २०२४ को उपाधि जितेको स्पेन र कोपा अमेरिका २०२४ को विजेता अर्जेन्टिनाबीच हुने यस बहुप्रतीक्षित खेल स्थानीय समयअनुसार राति ९ बजे सुरु हुनेछ। प्रतियोगिताको आयोजना कतारको स्थानीय आयोजक समितिले गर्ने जनाएको छ।
महाद्वीपीय च्याम्पियनहरूबीच प्रतिस्पर्धा गराउने उद्देश्यले सुरु गरिएको फिनालिसिमा प्रतियोगिताको पहिलो संस्करण सन् २०२२ मा इंग्ल्यान्डको वेम्ब्ली रंगशालामा सम्पन्न भएको थियो, जहाँ अर्जेन्टिनाले इटालीलाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको थियो।
आयोजकका अनुसार खेलसम्बन्धी टिकट बिक्री, सुरक्षाको व्यवस्था र अन्य विवरणहरू आउँदा हप्ताहरूमा सार्वजनिक गरिनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्