|
२०८२ पुष २
यु–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ। दुबईमा समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। उजैरुल्लाह नियाजाईले ६१ रनको महत्वपूर्ण इनिङ्स खेले।
यसअघि नेपाल ४६.४ ओभरमै १२४ रनमा समेटिएको थियो। दिलसाद अलीले ३२ र चन्दन रामले २७ रन बनाए। अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए। लगातार तेस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्