आज साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ र इस्ट बङ्गालबीच प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाण्डौँ । साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ ।

यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन् । एपीएफ र इस्ट बङ्गालबीच आउँदो शनिवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एक खेल अगावै शीर्ष दुईमा रहेर यी दुई टोली फाइनलमा पुगिसकेका हुन् ।

लिग चरणका तीन खेलमा एपीएफले सात अंक जोड्दा इस्ट बङ्गालले ९ अंक जोडेको छ । आजको खेल जित्ने टोलीले लिगको शीर्ष स्थानमा रहेर उपाधिका लागि खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा नेपाल, भारत, भुटान, बङगलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् ।

साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ देखि काठमाण्डौमा शुरू भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *