काठमाण्डौँ । विश्वकप विजेता क्रिकेट कप्तान एवं पूर्वमन्त्री अर्जुन रणतुङ्गालाई पक्राउ गरी अनुसनधान गर्न अदालतले अनुमति दिएको छ ।
पेट्रोलियम मन्त्री हुँदा भएको भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
रणतुङ्गा र उनका भाइमाथि लामो समयका लागि तेल खरिदको ठेक्का दिने प्रक्रिया परिवर्तन गरेको र तत्काल कुनै कानुनी प्रक्रिया नपुराइकन उच्च मूल्यमा खरिद गरेको आरोप छ ।
सोही मुद्दामा संलग्न पूर्व मन्त्रीका दाजु तथा सिलोन पेट्रोलियम कर्पोरेशनका तत्कालीन अध्यक्ष धम्मिका रणतुङ्गालाई सोमबार पक्राउ गरी जमानतमा रिहा गरिएको छ ।
म्याजिस्ट्रेटले श्रीलङ्का र संयुक्त राज्य अमेरिकाको दोहोरो नागरिक धम्मिकामाथि यात्रा प्रतिबन्ध लगाएको छ । अर्को सुनुवाई मार्च १३ मा हुनेछ ।
बायाँ हाते ब्याट्सम्यान ६२ वर्षीय रनतुङ्गाले सन् १९९६ मा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्काका लागि विश्वकप जिताएका थिए ।
रानातुङ्गा दाजुभाइविरुद्धको मुद्दा गत वर्ष स्थानीय भ्रष्टाचारसँग लड्ने प्रतिबद्धताका साथ सत्तामा आएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारले गरेको व्यापक अनुसन्धानको एक हिस्सा हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्