राफिन्हाका दुई गोलले बार्सिलोनालाई विजयी बनायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना घरेलु मैदानमा ओसासुनालाई २-० ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो दाबी बलियो बनाएको छ। ब्राजिलियन विंगर राफिन्हाले दोस्रो हाफमा ७०औँ र ८६औँ मिनेटमा गोल गर्दै टोलीलाई निर्णायक जित दिलाए।

यो जितपछि बार्सिलोनाले १७ खेलमा ४३ अंक संकलन गरेको छ। ओसासुनाले १५ अंकसहित १६औँ स्थानमा छ।

त्यसैगरी, गएराति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई २-१ ले हराएको थियो।

बार्सिलोनाले यस जितसँगै ला लिगामा आफ्नो नेतृत्व कायम राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *