विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

विराटनगरले खेलका लागि दुई परिवर्तन गरेको छ । सूर्य तामाङ र नारायण जोशी बाहिरिँदा सुवास भण्डारी र शंकर राना टोलीमा आएका छन् ।

लुम्बिनी लायन्सले बुधबारको खेलबाट कुनै परिवर्तन गरेको छैन ।

लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेलेको हो । यो नकआउट खेल भएकोले पराजित हुने तेस्रो हुँदै बाहिरिनेछ भने जित्नेले सुदूरपश्चिम रोयल्सँग फाइनल खेल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *