|
२०८२ मंसिर २५
काठमाण्डौँ । ध्रुव कुमार रिजालको अध्यक्षतामा बागमती प्रदेश बेसबल तथा सफ्टबल संघको नयाँ नेतृत्व चयन भएको छ । संघको प्रथम साधारण सभा २०८२ ललितपुरमा सम्पन्न गरिएको हो ।
नव–निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रबोद लामा (वाङ) र निरज भट्टराई, सचिव सुवास सुवेदी, सह–सचिव सांगे लामा, कोषाध्यक्ष सुगम पाठक तथा सदस्यहरू विधान रिजाल, रविन्द्र खड्का, शुशिल भट्टराई, प्रशन्ना पाठक, रोमन श्रेष्ठ, स्मोथ अधिकारी र केशव गौतम रहेका छन् ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य रबि महर्जन प्रमुख अतिथि तथा नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दिपक न्यौपाने विशेष अतिथि रहेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्