कर्णाली याक्सद्वारा अन्तिम लिग खेलमा जनकपुर बोल्ट्स पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाडौँ — राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम भिडन्तमा कर्णाली याक्सले गत संस्करणका विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्दै प्रतियोगिता सम्झनलायक बनाएको छ।

१३० रनको लक्ष्य पाछा गरेको जनकपुरको टोली पुरै २० ओभर खेले पनि ६ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो। कर्णालीका इमरान शेखले उत्कृष्ट प्रदर्शन गर्दै ३३ रन जोडे भने बलिङ विभागमा जनकपुरका आदित्य महता र ललितनारायण राजवंशीले समान २–२ विकेट झारे।

जनकपुर बोल्ट्सका तर्फबाट सञ्जय कृष्णमुर्ति मात्र टिमलाई उकास्ने खेलाडी बने, उनले अर्धशतक प्रहार गर्दै ५१ रन जोडे। यस्तै कर्णाली याक्सका बलर विलियम विसिस्टोले २ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *