एनपिएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्डको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा अब उत्कृष्ट आचरण र खेलभावना प्रदर्शन गर्ने टिमलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) र इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)बीच भएको सहमतिपछि यो पुरस्कार एनपिएलको स्थायी हिस्सा बन्दै गएको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिएको कार्यक्रममा एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई अवार्ड हस्तान्तरण गर्दै यसको औपचारिक शुरुआत गरे।

क्यानका अनुसार खेलमा इमान्दारिता, सम्मान र क्रिकेटीय मूल्यहरूलाई उत्तिकै महत्व दिने टोलीलाई यस सम्मानले प्रेरित गर्नेछ। एमसिसीले नेपाली क्रिकेटको समग्र विकासका लागि निरन्तर सहकार्य गर्ने इच्छासमेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *